विद्युत प्राधिकरणका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । 

झापाको बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ बर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागी मृत्यु भएको हो ।

आज बिहान साढे ७ बजे बिर्तामोड ८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागी बिजुलीको पोलमा चड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि भुइँमा लडेका  भट्टराईको टाउकोमा चोट लागेपछि उपचारका लागि बिएण्डसी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउना साथ भट्टराईको  मृत्यु भएको प्रहरीले जनाएको छ । उनी अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी रहेका थिए ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।