१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका युवालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.६ बस्ने २१ वर्षीय दिलीप श्रेष्ठ रहेको इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।

पक्राउ परेका श्रेष्ठलाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इटहरी प्रहरीको सञ्चारले जनाएको थियो।

उनका अनुसार श्रेष्ठले इटहरी उपमहानगरपालिकाकी १५ वर्षीय वालिकालाई गत जेठ २० गते जबरजस्ती करणी गरी फरार भएका थिए।

प्रहरीले फरार सूचीमा रहेका श्रेष्ठको खोजतलास गर्ने क्रममा इटहरीबाट खटिइएको टोलीले २१ गते साँझ ७ बजे लुकीछिपी बसेको अवस्थामा मोरङको सुन्दरहरैचा–६ बाट पक्राउ गरेको हो ।