ओखलढुंगामा एक महिलाको लडेर मृत्यु भएको छ ।
खिजिदेम्बा गाँउपालिका ८ कास्पु की ४३ वर्षीया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाइँते अवस्थामा स्थानीयले फेला पारेका थिए । स्थानीयले बोकेर घरतर्फ ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली पुगेको थियो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।