बराक्षेत्र नगरपालिका ५ कालाबन्जरबाट नगदसहित तास खेलिरहेका ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका ५ का ३४ वर्षीय शम्भु खड्का, २४ वर्षीय नारायण कार्की, ४२ वर्षीय गुरू धमला र ४ नम्बर वडाका २७ वर्षीय गिरिजा धामी राहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्कीले बताएका छन् ।
पक्राउ परेका चारै जना उपर मुलुकीअपराध सहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम सात दिनको म्याद थप गरी कारवाहि प्रकृया अघि बढाईएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कालाबन्जर स्थित द फायर एण्ड पुल हाउस (स्नुकर हाउस) मा तास खेलिरहेको भन्ने सुचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा १ लाख ४८ हजार ४९५ सहति ४ जना पक्राउ परेका हुन ।