बराहक्षेत्र नगरपालिका वडा नम्बर– ८ जितपुर स्थित एक बालकको खोलामा डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा १६ वर्षीय मोहन खत्रीको रहेका छन् ।
पानीमा डुबेर उनको मृत्यु भएको वडा अध्यक्ष फड्रिन्द्र प्रसाद भट्टराईले बताए ।
उनका बाबु र आमाको ७ वर्ष अगाडि मृत्यु भएको थियो । उनी यस वर्ष एस. इ.इ परिक्षा दिएर बसेका थिए । बालकको घरमा बाबु छोरा मात्र रहेका थिए ।
केही बर्ष पहिले मात्रै उनका एक मात्रै दिदिको विवाह भएको थियो । अहिले उनिहरू छिमेकीको घरमा बसोबास गर्दै आएका थिए ।
बालकका बाबु ज्याला मजदुरी गरेर छाक टार्दै आएका थिए । बालक हिजो बुधबार दिउँसोको ३ बजेदेखि हराएका थिए । स्थानीयहरु तथा जनप्रतिनिधिले बालक खोजी गरिरहेका थिए ।
हिजो बेलुका रातिदेखि खोज्ने क्रममा दिउसोको २ बजे तिर मैनबारी स्थित घास काट्न आएका एक युवकले उक्त लास देखेपछि गाउँलेलाई जानकारी गराएका थिए ।
शव उठाउनको लागि नेपाल प्रहरी र शस्त्र प्रहरी बलको सहयोगमा शवलाई खोलाबाट निकाली पोस्टमार्टमका लागि धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले बताए ।