ईटालीका एक हजार दर्शकले युरो २०२० को फाईनल खेल प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

गत जुलाईमा बेलायत सरकारले टिकेट भएका र कोभिडको खतराको सुचिमा नभएका देशका दर्शकले मात्र युरोको फाईनल खेल हेर्न पाउने बताएको थियो । ईटाली अझै बेलायतको खतराको सूचिमा रहेको छ ।

‘यूईएफए र बेलायतका अधिकारीबीच अधिकतम हजार दर्शकलाई ईटालीबाट लण्डन पुगेर युरोको फाईनल खेल हेर्न दिने बिषयमा सहमती जुटेको छ ।’ ईटालियन फुटबल फेडेरेसनले जनाएको छ ।

यूईएफए र बेलायतका अधिकारीबीच भएको सहमती अनुसार १ हजार दर्शकलाई लण्डन भ्रमण गर्दै फाईनल खेल हेर्न दिने सहमती बनेको हो ।

बेलायत सरकारले त्यस्ता दर्शकका लागि केही शर्त समेत राखेको छ । ईटालियन समर्थक चार्टर उडानबाट मात्र जान सक्ने, एयरपोर्टदेखि रंगशालासम्म जान बिशेष यातायातको साधन प्रयोग गर्ने, निश्चित गरिएका स्थानमा मात्र उनीहरु बस्नुपर्नेछ ।

मंगलबार स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ईटालियन फुटबल टिम युरोकपको फाईनल प्रवेश गरेको छ । बुधबार राति मात्र ईङ्ल्याण्डले डेनमार्कलाई हराएर पहिलो पटक युरोको फाईनलमा स्थान बनाएको छ ।

समर्थकले लण्डनमा अधिकतम १२ घण्टामात्र बस्न पाउनेदेखि पीसीआर टेष्ट अनिवार्य गरिएको छ ।