विराटनगर / प्रदेश नम्बर–१ मा शनिबार ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४१ महिला र १४२ पुरुष रहेका छन् । योसँगै हालसम्म प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ३७८ पुगेको छ ।
प्रदेश–१ मा शनिबार ३०५ जना कोरोना संक्रमित थपिएका छन् । ८६५ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १२५ महिला र १८० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।
सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा ५१, इटहरीमा २८, दुहवीमा २, इनरुवा, बर्जु र स्थानीय तह नखुलेका १/१, मोरङको विराटनगरमा ४०, उर्लाबारी र केराबारीमा ४÷४, सुन्दरहरैँचा र पथरीशनिश्चरेमा ३÷३, कानेपोखरीमा २, कटहरी, रतुवामाई र स्थानीय तह नखुलेका १÷१, झापाको दमकमा १९, बिर्तामोडमा ९, भद्रपुरमा ६, मेचीनगरमा ४, कमलगाउँपालिकामा २, अर्जुनधारा, कचनकवल, बाह्रदशी र स्थानीय तह नखुलेका १÷१, उदयपुरको त्रियुगामा ६, लिम्चुुङबुङ, चौदण्डीगढी, ताप्ली र स्थानीय तह नखुलेका २÷२, कटारीमा १, पाँचथरको फिदिममा १३ र फाल्गुनन्दमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा ३, सहिदभूमिमा १, इलामको इलाम नगरपालिकामा ४, संखुवासभाको भोटखोलामा १ र प्रदेश–१ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, संखुवासभामा १ र प्रदेश–१ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश–१ मा कोरोना संक्रमितको कुल संख्या ७५ हजार २०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४६७ रहेको मन्त्रालयले जनाएको छ ।