इटहरी / इटहरी प्रहरीले नौ दिनको अवधिमा १४ जना लागूऔषध कारोबारी तथा सेवनकर्तालाई पक्राउ गरी सार्वजनिक गरेको छ । तीन दिनको अवधिमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो भने नौ दिनको अवधिमा १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इटहरी प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले १८ गतेदेखि २७ गतेसम्म इटहरीका विभिन्न ठाउँबाट प्रहरीले लागूऔषध खैरोहिरोइन (ब्राउनसुगर) १९२ ग्राम, एक सय मिलिग्राम, नाइट्रोजन ट्याबेलेट एक सय पत्तामा रहेका एक हजार थानसहित१४ जनालाई पक्राउ गरेको हो ।

लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले सुनिल तामाङ, सन्दिप चौधरीलाई ९ ग्राम खैरोहिरोइन ब्राउनसुगरसहित पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उनीहरुले इटहरी ९ बस्ने प्रताप तामाङबाट खरिद गरेको खुलेकाले प्रतापलाई पनि १ ग्राम ३२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले ५६ ग्राम, २०० मिलिग्राम ब्राउनसुगरसहित डिजिटल मेसिन पक्राउ गरेको उनले जानकारी दिए । अनुसन्धान गर्ने क्रममा इटहरी ४ बस्ने २३ वर्षीय विवेक खड्कामार्फत लागूऔषध खरीद गरेकाले खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनका अनुसार खड्काको घर खानतलासी गर्दा प्रहरीले २९ ग्राम, ८०० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।

त्यस्तै, प्रहरीले आइतबार दिउँसो नाइट्रोजन ट्याब्लेटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका ५ बस्ने २२ वर्षीय मनिर मियाँ र इनरुवा ३ बस्ने ५७ वर्षीय नारायणप्रसाद शिवाकोटीको साथबाट गरी एक सय पत्तामा रहेको एक हजार थान लागूऔषध नाइट्रोजन ट्याब्लेट बरामद गरेको छ । साथै उनीहरुको साथबाट प्रहरीले नगद ४० हजार

पाँच सय रुपैँया समेत बरामद गरेको छ ।

त्यस्तै, सोही दिनको राति इटहरी ५ मा रहेको चमेना खाजा घरको ११२ नं. कोठाबाट लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्लाबारा निजगढ १२ घर भइ हाल इटहरी ५ मा बसोबास गर्दै आएका २७ वर्षीय दीपकभनिने वीरेन्द्र राई, इटहरी ५ बस्ने १८ वर्षीय विवेक बस्नेत तथा अर्का एकजना नाबालक नै रहेकाले प्रहरीले तत्काल नाम नखुलाएपनि अनुसन्धानको प्रक्रिया अगाडि बढाएको डीएसपी केसीले बताए ।