१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एकजना वडा सचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकी रहेको प्रहरीले बताएको छ । गएको असार १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको उनीमाथि आरोप छ ।
पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ओरापितलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
तर, बालिकाले भने २४ गते मात्र परिवारलाई जानकारी गराएपछि घटना प्रहरीकहाँ पुगेको थियो ।