संखुवासभा /संखुवासभाको मादीमा ३६ वर्षीय महिलालाई बलात्कार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
३१ वर्षीय मोक्तानले मादीकी ३६ वर्षीया महिलालाई गत मंसिर मा बलात्कार गरेका थिए । ८ महिनापछि आरोपीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मादी राम्बेनीबाट खटिएको टोलीले संखुवासभाको मादी नगरपालिका–५ घर भएका ज्ञान बहादुर मोक्तानलाई पक्राउ गरेको हो ।
घरमा एक्लै भएको समयमा ज्ञान बहादुरले जबर्जस्ती करणी गरेका थिए । पीडितले बलात्कृत भएको चार दिनपछि प्रहरीलाई खबर गरेकी थिइन् । आरोपीमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।