मोरङ / छोरीलाई जन्म दिएपछि घाँटी थिचेर हत्या गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार मोरङको रंगेली नगरपालिका ५ आँपगाडी टोलका अरुण मण्डलकी २५ बर्षीया श्रीमति खुस्बु मण्डलले आइतबार राती साढे ८ बजेतिर छोरीलाई  जन्म दिएकी थिइन् । 

पक्राउ पर्नेहरुमा नवजात शिशुकी आमा, बुबा, हजुरआमा र हजुरबुबा छन् ।

छोरी जन्मिएपछि ब्ल्याँकेटले घाँटी थिचेर हत्या गरि आफैले सञ्चालन गरेको मदिरा पसलभित्र खाल्डो खनेर गाडेको मोरङ प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय रंगेली मोरङको टोलीले मृत नवजात शिशुका बुबा अरुण, आमा खुस्बु, हजुर बुवा ५० बर्षीय नागेश्वर मण्डल र हजुरआमा ४८ बर्षीय उर्मिला मण्डललाई पक्राउ गरेको छ ।

उनीहरुलाई कर्तब्य ज्यान कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको र थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ । 

उनीहरुले रंगेली ५ चाँदनी चोकमा मदिरा पसल सञ्चालन गर्दै आइरहेका थिए ।