संयुक्त ५ विद्यार्थी संगठनको आन्दोलनपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेल÷मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो  ।

211708609_257384662390375_5767324343611754669_n

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ, डिजेल तथा मट्टीतेलको प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ ।

स्वाचालित मूल्य प्रणाली अनुसार निगमको आर्थिक अवस्था उकास्न मूल्य समायोजन गर्नुपर्ने बाध्यतालाई बुझ्नसमेत निगमले आग्रह गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेको भएपनि विद्यार्थी संगठनको आन्दोलनले मूल्य घटाएकाले अब आन्दोलन फिर्ता हुने विश्वास लिएको जनाएको छ ।