धरान। वाइवाइ चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाइवाइ १ सय ग्राम तौलको बजार मूल्य ५० रुपैयाँ कायम गरिएको छ ।
यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेष्ट र सुकाइएका तरकारी राखिएको कम्पनीले जनाएको छ । यो नयाँ उत्पादन पनि अन्य स्वादका चाउचाउ जसरी नै पकाउन सकिने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वाइवाइ नेपालमा सबैभन्दा बढी बिक्री हुने चाउचाउ हो । पकाएर वा त्यत्तिकै पनि खान सकिने वाइवाइलाई नेपालभर ‘स्टेपल फुड’ का रूपमा पनि उपभोग गर्ने गरिएको छ । वाइवाइ चाउचाउ हाल २७ फरक स्वादमा उपलब्ध छ । अन्य नयाँ स्वाद पनि थपिँदै जाने कम्पनीको भनाइ छ ।