भद्रपुर/ अर्धनग्न अवस्थामा मृत फेला परेकी २५ वर्षीय युवती सृजना बस्नेतको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घट्ना पछि जिल्ला प्रहरी कर्यालय, इलाका प्रहरी कार्यालय अनारमनी, क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको संयुक्त टिमले अनुसन्धान जारी रहेको जनाएको छ ।
इन्सपेक्टरको नेतृत्वमा टिमले काम गरिरहेको जिल्लाका डिएसपी राकेश थापाले जनाए । मोवाइल परिक्षण, कुकुरद्वारा गरिएको अनुसन्धान, पोस्टमार्टम रिपोर्ट तथा मोबाइल फोन ट्र्याकिङ ,शङकास्पद् व्यत्तिलाइ सोधपुछ,थप रिपोर्टका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको उनले जनाए ।
उपलब्ध भएका सुचना स्रोतबाट अनुसन्धान गरिरहेको उनको भनाइ छ । अनुसन्धान अर्थपूर्ण भएपछि सार्वजनिक गरिने उनले बताए । परिवारका सदस्यका अनुसार बस्नेत आफ्नै कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने बस्नेतको शरीरमा भित्री कपडा मात्रै रहेको पाइएको थियो ।
बस्नेत सुतेको कोठा बाहिरबाट ताल्चा लगाइएको थियो । सो घरको चारै तलामा तलैपिच्छे ताल्चा लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट ताल्चा लगाएको प्रहरीले जनाएको छ ।

उनको मोबाइल फोनको प्याटर्न लक घरका कसैलाई पनि थाहा नभएका कारण मोबाइल फोन अनुसन्धानका लागि काठमाडौँ पठाइएको छ ।
घट्नापछि शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तरमा बस्नेत बसेकै घरको आँगनमा असार २८ गते विहान शव फेला परेको थियो ।