मानुषी लघुवित्त वित्तीय संस्थाले आज देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता  प्राथमिक शेयर निष्काशनमा ल्याएको हो।  जुन जारी पूँजीका  ३६ प्रतिशत रहेकाे छ ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको  लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओमा सर्वसाधारणले साउन ३१ गतेसम्ममा आवेदन दिन सकिक्ने छन्। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे भदौ ९ गतेसम्म म्याद थप हुने  एसबिआई मर्चेण्टले जनाएकाे छ ।

लघुवित्तको अधिकृत पूँजी एक २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ।