विराटनगर । विराटनगरस्थित सुपेरियर मोटर्सले अटो जगतमा दमदार उपस्थिति जनाईसकेको स्कोडाको नयाँ एसयुभी ‘कुशाक’ बजारमा ल्याएको छ ।

मोटर्सको विराटनगर स्थित  सोरुममा बुधवार एक कार्यक्रमको आयोजना गर्दै रोबस्ट र मस्कुलर डिजाईनको उक्त एसयुभी बजारमा ल्याएको हो । 

एसयुभीको सुरुवाती मुल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ । एक्टिभ, एम्बिसन र स्टाईल गरी ३ भेरियन्टमा उपलब्ध रहेको उक्त एसयुभी पाँच कलरमा उपलब्ध हुने सुपेरियर मोर्टसले जनाएको छ । मोटर्सका अनुसार एसयुभीको एम्बिसनको मुल्य ५३ लाख ९० हजार र स्टाईलको मुल्य ६० लाख ९० हजार निर्धारण गरिएको छ ।

ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर‘ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र प्यासिभ सेफ्टी फिचर्सहरु समेत समावेश गरिएका छन् ।

स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु अटोमोबाइल्सले साउन दोश्रो साता यो एसयुभी नेपाल भित्रयाएको हो । नयाँ कुशाक ४२२५ एम।एम लामो, १७६० एम।एम चौडा र १६१२ एम।एम अग्लो छ । यसको ह्विलबेस २६५१ एम।एम छ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसको ग्राउन्ड क्लेरेन्स पनि १८८ एम।एम रहेको छ ।

विराटनगरस्थित सुपेरियर मोटर्सले शुभराम्भको अवसर पारेर स्कोडाको नयाँ एसयुभी ‘कुशाक ६ वटा गाडि बिक्री गरेको छ । बिक्री गरेको गाडिको चाहिँ लयान्स क्लब ए वान ३२५ डिस्टक पुर्व गर्भनर राजन खत्रि, अटो मोवाइल प्रदेश १ का अध्यक्ष सुवास आर्चयलगायतले ग्राहकलाई हस्तान्तरण गरेका थिए ।