सुनसरी बराहक्षेत्र नगरपालिकामा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नगरपालिकाकाे १ नम्बर वडाका ६३ बर्षीय बरमबहादुर राई रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।
कार्यालयका अनुसार गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाति १३ वर्षीय अभिषेक राईलाई छर्राले लागी घाइँते भई उपचारको लागि धरानस्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा ल्याइएकाे भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो ।
खोजतलासकै क्रममा बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाएको कार्यालयले जनाएकाे छ।
पक्राउ परेका राईको घर कोठाभित्र प्रहरी टोलीले लुकाएर राखेको अवस्थामा एक नाल भरुवा बन्दुक समेत बरामद गरेको कार्यालयले जनाएकाे छ ।

राईलाई ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको कार्यालयले जनाएकाे छ ।