रुसको एक विश्वविद्यालय परिसरमा  एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएकाे छ । 

मध्य रूसकाे पर्म स्टेट युनिभर्सिटीमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । अधिकारीका अनुसार आक्रमणमा धेरै व्यक्ति घाइते भएको र आक्रमणकारीलाई नियन्त्रणमा लिन खोज्दा उनी पनि घाइते भएका छन् । 

यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली काण्ड हो । सन् २०२१ को मे महिनामा पनि  काजानस्थित एक विद्यालयमा १९ वर्षीय पूर्व विद्यार्थीले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो ।