आतङ्कवादी सङ्गठन इस्लामिक स्टेट (आइएस्) का आतङ्ककारीहरूले तालिवानमाथि आक्रमण गरेको छ ।

पूर्वी अफगानिस्तानमा तालिबान गाडीलाई लक्षित गरी भएको शृंखलाबद्ध बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । शनिबार र आइतबार भएको आक्रमणमा परि  तालिवानका सदस्यसहित कम्तीमा ८ जनाको मृत्यु भएको बताइएको छ । 

करिब एक महिना अगाडी मात्र तालिवानले नियन्त्रण लिएको अफगानमा सरकार सञ्चालनका लागी आर्थिक तथा सुरक्षा चुनैति थपिएको छ ।  आइएसद्वारा भएको आक्रमणले पनि तालिवानकालागि थप जटिल परिस्थितिको सिर्जना गरिरहेको छ । 

अफगानमा अमेरिकी र नेटो सैनिकले छाड्नु अघि  आइएस् र तालिवान एक अर्काका कट्टर दुश्मन रहेको बताइएको छ