वराहक्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्र चतरा लाई तीन लाख पचास हजार रुपैँया बराबरको स्वास्थ्य उपकरण तथा सामाग्री सहयोग प्रदान गरिएको छ । बुधवार स्वास्थ्य केन्द्रमा गरिएको एक कार्यक्रमका बिच सो  नेपाली काँग्रेस पार्टीका क्षेत्रीय प्रतिनिधि तथा केन्द्रीय तरुण विभागको युवा उद्यमशीलता विकास तथा प्रशिक्षण समन्वय समिति सदस्य सुरेन्द्र राईले स्वास्थ्य केन्द्र लाई सामाग्री हस्तान्तरण गरे ।

राईको पहलमा सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय विभागले, स्वास्थ्य केन्द्र लाई अक्सिजन कन्स्ट्रक्सन १ थान,सेनीटाइजर २५ लिटर,फेस सील्ड १ सय थान,पिपिई सेट १ सय थान,एन्टीजेन टेस्ट कीट २ सय थान,थर्मामिटर ३ थान, यसै गरी पल्स अक्सीमीटर २ ,थर्मल गन १ थान तथा मास्क उपलब्ध गराएको केन्द्रका व्यवस्थापन निर्देशक डाक्टर अनिल गिरीले बताए ।

 चतरा पिएचसीसी लाई स्वास्थ्य उपकरण उपलब्ध गराउँने युवाको प्रयास सराहनिय भएको वराहक्षेत्र नपा वार्ड नं १ नेपाली काँग्रेस सभापति ईश्वर थापा र नेकपा एमाले अध्यक्ष कृष्ण कट्टेलले बताए । प्रदान गरिएको सामाग्रीले कोभिडको महामारीको समयमा स्थानीय सङ्क्रमितहरूको जीवन रक्षा गर्ने भन्दै तथा व्यवस्थापन समिति सदस्य द्वय लंकमान विक र दुर्गादेवी बुढाथोकीले राईलाई धन्यवाद दिए ।

कार्यक्रममा राई र यस अघि उपकरण सहयोग गर्ने बोधिसत्त्व विहार काठमाडौँका प्रतिनिधि हिमाल राई र गैर आवासीय नेपाली सङ्घ का सुभाष गौतमलाई सम्मान गरिएको थियो ।

गणेश सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनिल गिरीले गरेका थिए ।