धरान । किरात राई यायोक्खा हङकङका पूर्वअध्यक्ष, संरक्षक सदस्य तथा पूर्वउपकुलपति किसन राईको मृत्यु प्रकरणमा हङकङ एकिकृत नेपाली समाज लिमिटेड (हिन्स)का निर्देशक विनय शाहले भाईबर ग्रुपमा दिएको अभिव्यक्तिले गम्भीर ध्यानाकर्षण भएको जनाउदै किरात राई यायोक्खा हङकङले जारी गरेको विज्ञप्तिमा किरात राई यायोक्खा मकाउले ऐक्यबद्धता जनाएको छ ।
काठमाडौबाट मध्यपहाडी लोकमार्ग हँुदै भोजपुर जाने क्रममा कार्तिक ७ गते खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा चिउरीडाडा स्थित पंखु खोलाको भिरबाट लडेर किसन राईको निधन भएको थियो । राईको निधनको खबरले विश्वभरका किरात राईहरु आफ्नो समुदायको एउटा होनाहार व्यक्तित्व, आफन्त, आत्मिय स्वजन, अभिभावक अकस्मात गुमाउँदाको पीडाले स्तब्ध बनाईरहदा, हिन्सका निर्देशक विनय शाहले अमानवीय अभिव्यक्ति दिएको भन्दै किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रका राई र महासचिव गंगाराम राईले कार्तिक १८ गते विज्ञप्ती जारी गरेका थिए । यायोक्खा हङकङको उक्त विज्ञप्तीप्रति यायोक्खा मकाउले ऐक्यबद्धता जनाएको हो । किराया मकाउका अध्यक्ष राकेश राई र महासचिव सन्जिब कोयी राईद्वारा हस्ताक्षर गरिएको ऐक्यबद्धता अपिलमा किराया हङकङको विज्ञप्तीप्रति पूर्ण सहमती जनाइएको छ । महासचिव सन्जिब कोयी राई भन्छन् ‘हिन्सका निर्देशक विनय शाहले शोक र पीडामा खुशी मनाउने, मृत्युलाई मजाक बनाउने जस्तो निच सोच विचार भएको शाह विरुद्ध किरात राई यायोक्खा हङकङको माग प्रति विश्वभरका किरात राई यायोक्खा, किरात राई बुद्धिजिबी दाजु भाई तथा दिदि बहिनीहरु लगायत जनसमुदाय समक्ष ऐक्यबद्धता जनाई दिन हुन आग्रह गरिएको छ ।’
ऐक्यबद्धता अपीलमा हिन्सका निर्देशक शाह जस्तो कुरुप शब्द प्रयोगकर्तालाई समाजबाट निरुत्साहित गर्न, आवश्यक थप कदमका लागि सहयोग गरिदिन हुन किरात राई यायोक्खा मकाउ हार्दिक अनुरोध सहित ऐक्यबद्धता जाहेर गर्दछ’ ।
