मध्य बगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी ९आईएनए० ले जनाएको छ।

एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने सि–आरएएम प्रतिरक्षा प्रणालीद्वारा हावामा नष्ट भएको  र अर्को क्षेत्रको भव्य समारोह स्क्वायर नजिकै अवतरण भएको थियो जसले दुईवटा नागरिक कारहरूलाई क्षति पुर्योएको एजेन्सीले  जनाएको छ ।

आईएनएका अनुसार हताहतको बारेमा तत्काल कुनै खबर आएको छैन र सुरक्षा बलले घटनाको अनुसन्धान थालेको छ। केही मुख्य इराकी सरकारी कार्यालयहरू र अमेरिकी दूतावास रहेको ग्रीन जोनलाई बारम्बार विद्रोहीहरूले मोर्टार र रकेट आक्रमणद्वारा निशाना बनाइएका छन्।