वराहक्षेत्र। यातायात व्यवसायीको तिर्थनगरी बचत तथा ऋण सहकारी संस्थाले सवा ४ करोड रुपैयाँको बचत सङ्कलन गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो वर्षको भन्दा दुई गुणाले बढाएर संस्थाले निक्षेप सङ्कलन गरेको हो ।

बुधवार सम्पन्न संस्थाको पाँचौं साधारण सभामा लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सदस्य महेश बज्राचार्यले, अघिल्लो वर्षको बचत २ करोड ९४ लाख ५९ हजार ३ सय ९८ रुपैयाँको तुलनामा यस वर्षमा दोहारो अङ्कले वृद्धि गर्दै ४ करोड १० लाख ३७ हजार ४ सय ५१ रुपैयाँ निक्षेप सङ्कलन गरिएको बताए ।

संस्थाले चालु आर्थिक वर्षमा २ करोड ५३ लाख २२ हजार १ सय रुपैयाँको कर्जा वितरण गरेको छ भने १ करोड ६६ लाख २५ हजार ८ सय ९४ रुपैयाँ ऋण असुली गरेको छ । यसैगरी आ.व.मा १२ लाख २३ हजार ४ सय रुपैयाँले बढाएर संस्थाको शेयर पूँँजी ४४ लाख ४१ हजार ७ सय रुपैंया बनाइएको बज्राचार्यले बताए ।

संस्थाको उत्कृष्ट शेयर सदस्यहरू पुण्य पुसाद र मैया घिमिरे, लक्ष्मण धामी, सुमित्रा कटुवाल, नविन सुब्बा, गंगा नेपाल, रत्नबहादुर विश्वकर्मा र जेष्ठ नागरिक गणेश सुब्बालाई, संस्थाको. अध्यक्ष गोविन्द मगर र प्रमुख अतिथि आदर्श माविमा पूर्व प्राचार्य ओम कुमार शर्माले माला लगाएर नगद र प्रमाणपत्रले सम्मान गरेका थिए ।

यसैगरी सहकारीको संस्थापक २८ सदस्यहरू गोपाल शेर्पा, गोविन्द मगर, दिपक र प्रकाश कार्की, मुनु थापा, मदन बहादुर बस्नेत, राजन, कुमार, प्रज्वल र स्व. ज्ञानेन्द्र श्रेष्ठ, गणेश गिरी, कुमार भट्टराई, रुद्र बहादुर खत्री, शंकर कुमार, ललित कुमार, मिथलेश र स्व. कमलेश साह, किसन थापा मगर रिता र पदम मगर, थामशेर राई रमेश विश्वकर्मा, किशोर ताम्राकार, हरिहर लम्साल, गोलाबहादुर राई, गणेश राना र महेश कुमार बज्राचार्यसमेत सम्मान गरिएको अध्यक्ष गोविन्द मगरले बताए ।

कार्यक्रममा बोल्दै अतिथि चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बाबुराम दाहालले छोटो समयममा तिर्थनगरीले प्रगती गरेकोमा खुशी व्यक्त गरे, उनले यातायात व्यवसायीको साझा हितका लागि चतरा सहकारीसँग अन्तर साझेदारी गरी उनीहरूको रोजगारीमा थप टेवा दिन सकिने बताए ।

गोविन्द मगरको अध्यक्षतामा स्थानिय औलिया बाबा मठमा भएको कार्यक्रमको सञ्चालन दिपक कार्कीले गरेका  थिए ।