यासोक । पाँचथरको फिदिम नगरपालिका—७ रानिटारमा जारी प्रथम तमु ल्होसार प्रदेश स्तरीय महिला गोल्ड कपको उपाधि झापाको बिर्तामोड फुटबल क्लबले हात पारेको छ । बिहीबार बराजु रङ्गशालामा सम्पन्न भएको प्रतियोगितामा धनकुटाको द सेभेन युथ क्लबलाई १—० पाखा लगाउँदै झापाले उपाधि चुम्न सफल भएको हो ।
खेलको ३६ औँ मिनेटमा फ्रीकीकको अवसरलाई सदुपयोग गर्दै झापाकी कुसुम खतिवडाले गोल गरिन् । उनले गरेको एक गोल नै निर्णायक गोल बन्न पुग्यो । दबाबमा परेको धनकुटाले को खेल अवधिभर कुनै पनि गोल गर्न नसकेपछि झापाले संघर्ष पूर्ण जित निकाल्दै उपाधि चुम्न सफल भएको हो ।
विजेता झापाले नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र हात पा¥यो । उपबिजेतामा चित्त बुझाएको धनकुटाले नगद ३० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो । गत पौष १२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तेह्रथुम, पाँचथर, झापा, धनकुटा, मोरङ र ताप्लेजुङ गरी ८ टिम सहभागी भएको आयोजक रानिटार युनाइटेड क्लबले जनाएको छ ।