श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ १६ गते आइतबार, ३० जनवरी २०२२ । राक्षसनाम संवत्सर, माघ कृष्णपक्षको त्रयोदशी तिथि १७ः४१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वाषाढा ००ः३२ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५१ र सूर्यास्त ५ः४२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विश्वास र पराक्रममा वृद्धि हुनेछ । वैदेशिक क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लाभ–हानि, सुख–दुःख बराबरी मध्यम्खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्दा बेस हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तसँग भेटघाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । स्वादिष्ट भोजन प्राप्त हुनेछ । दिन राम्रो छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बन्न लागेको काम अन्तिममा बिग्रन र झमेला आउन सक्छ । खर्चिलो यात्रा पनि हुन सक्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यवसायबाट प्रशस्त लाभ मिल्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला र गलाको प्रभाव बढ्नेछ । परिवारमा सुख–सन्तोष छाउनेछ । मान–सम्मान प्राप्त होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लाभ–हानि, आय–व्यय, सुख–दुःख बराबरी रहने देखिन्छ । ठूलो कारोबारमा लगानी नगर्दा बेस हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभसमाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । दिन राम्रो छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राज्यबाट मान, सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ ।