श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ १७ गते सोमबार, ३१ जनवरी २०२२ । राक्षसनाम संवत्सर, माघ कृष्णपक्षको चतुर्दशी तिथि १४ः३० बजेसम्म, उप्रान्त औंसी, नक्षत्र उत्तरषाढा २२ः०७ बजेसम्म, उप्रान्त  श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५० र सूर्यास्त ५ः४३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हातपर्ने योग देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आँटे ताकेका कार्यहरू पूरा होलान् । सामान हराउन सक्ने देखिएकोले सतर्क रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएको धन पाइन सक्छ । धर्म–कर्म, परोपकार र समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ । आकस्मिक धनलाभ हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछ । पदोन्नतिको सम्भावना प्रबल छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ तर, मन खुसी हुने समाचार सुन्न पाइनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सांस्कृतिक काममा सरिक भइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बुद्धि र विवेकको प्रयोग गर्नसके आजको दिनलाई बढी सकरात्मक बनाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साझेदारी र सट्टापट्टाबाट विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कीर्तिमानी काम गर्ने समय छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वास्थ्यप्रति भने सजग रहनु होला ।