श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ १८ गते मङ्गलबार, १ फरवरी २०२२ । राक्षसनाम संवत्सर, माघ कृष्णपक्षको औंसी तिथि ११ः२८ बजेसम्म, उप्रान्त प्रतिपदा नक्षत्र श्रवण १९ः५४ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५० र सूर्यास्त ५ः४४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अनावश्यक ठाउँमा धनखर्च होला । अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पु¥याउनु होला । स्वास्थ्यमा कमजोरी महसुस हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ । नयाँ कार्यको योजना बन्नेछ । शृङ्गारमा अनावश्यक खर्च बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सन्तान सुख मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । पारिवारिक भेटघाटले मन प्रसन्न रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेट हुनेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । मन शान्त रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
निर्णय कार्यान्वयन हुन गाह्रो होला । स्वास्थ्यमा समस्या आउन सक्ने देखिन्छ ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दबाव र तनावमा कार्य गर्नुपर्ने देखिन्छ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । धैर्य गर्नु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रामा सावधानी अपनाउनु पर्नेछ । सन्तानपक्षबाट केही  समस्या आउन सक्ने देखिन्छ ।