श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ २३ गते आइतबार, ६ फरवरी २०२२ । राक्षसनाम संवत्सर, माघ शुक्लपक्षको पञ्चमी तिथि ४ः०६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तरभाद्रा १६ः२५ बजेसम्म, उप्रान्त  रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः४८ र सूर्यास्त ५ः४७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारबाट विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्पन्न गरिएका कामकाज पनि दोहोर्याउनु पर्ला ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनेछ । अध्ययनमा रुचि नबढ्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोगी कार्य गरिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईष्र्र्या गर्नेहरू स्वयम् पछि पर्नेछन् ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने कामको थालनी गर्ने मौका छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवरोध र व्यवधानका बीचबाट कामकाज सम्पन्न गरिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।