श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ २५ गते मङ्गलबार, ८ फरवरी २०२२ । राक्षसनाम संवत्सर, माघ शुक्लपक्षको अष्टमी तिथि ८ः५० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र भरणी २१ः४३ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः४६ र सूर्यास्त ५ः४९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् । भौतिक साधन जुट्नाले दिगो काम हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । स्वास्थ्यको कारणले चिन्ता बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । अनावश्यक कुराबाट सावधान हुनुपर्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नियमित काम सम्पादनमा पारिवारिक मतभेदले व्यवधान निम्त्याउला । निर्णय लिँदा विचार पु¥याउनु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ । महŒवाकाङ्क्षी योजना सार्वजनिक नगर्नु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारबाट विशेष फाइदा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्तिने बानीले काम बिग्रनुका साथै पाएको मौका गुमाउनु पर्ला । स्वास्थ्यमा ध्यान दिनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ काममा हतार नगर्नु होला । गुरुजन र सन्तानको सहयोगले लाभदायी काम सम्पन्न हुनेछ ।