श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ २६ गते बुधबार, ९ फरवरी २०२२ । राक्षसनाम संवत्सर, माघ शुक्लपक्षको अष्टमी तिथि ८ः५० बजेसम्म, उप्रान्त नवमी नक्षत्र कृतिका ००ः३९ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ६ः४५ र सूर्यास्त ५ः५० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुुनेछ । रचनात्मक कार्य गरिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठा, मानसम्मान आदि पाइने समय छ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक खर्चले आर्थिक अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । अवसरका लागि दौडधुप गर्नुपर्ने समय रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गरे राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उत्कृष्ट नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुराना कामको चर्चा चल्नेछ । नयाँ अवसर पनि प्राप्त हुनेछ । आफन्तसँगको भेटघाटले उत्साह जगाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा फाइदा हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । शरीर अस्वस्थ रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगको आशा देखाउनेहरूबाट धोका हुनसक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्नेछन् ।