श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ २७ गते बिहीबार, १० फरवरी २०२२ । राक्षसनाम संवत्सर, माघ शुक्लपक्षको नवमी तिथि ११ः२७ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र रोहिणी ३ः४७ बजेसम्म, उप्रान्त  मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः४४ र सूर्यास्त ५ः५१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरका लागि दौडधुप गर्नुपर्ला । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थितले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक क्षेत्र र नोकरीबाट मान–सम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोगले काम बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोजगारी गर्नेले मान–सम्मान पाउनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु होला । दबाव र तनाव बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रजनको सहयोगले प्रगति हुनेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो र मनोरञ्जनपूर्ण समय छ । चिताएको कामले तीव्रता लिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । उन्नति र प्रगतिको कारणले उत्साह जगाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार–व्यवसायका क्षेत्रबाट प्रशस्त फाइदा हुनेछ । सामाजिक क्षेत्रमा रुचि बढ्नेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा दोेधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निराशा छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको चाप बढ्नुका साथै शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य प्रतिकूल रहने देखिन्छ ।