श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ २८ गते शुक्रबार, ११ फरवरी २०२२ । राक्षसनाम संवत्सर, माघ शुक्लपक्षको दशमी तिथि ११ः२७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मृगशिरा ६ः५४ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः४४ र सूर्यास्त ५ः५२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लामो समयदेखि रोकिएका अधुरा कामकाज पूरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तसँग मनमुटाव हुन सक्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान, सम्मान पाइने समय रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभसमाचार पाउनुका साथै मन प्रफुल्ल रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लाभ–हानि, सुख–दुःख बराबरी रहने मध्यम्खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्दा बेस होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग रहेको देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जोस, जाँगर र हिम्मत बढ्नेछ । आकस्मिक धनलाभ हुने योग रहेको छ । दिन राम्रो छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ । दाम्पत्य जीवन सुखमय रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी व्यहोर्नुपर्ने समय रहेको देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरपरिवारमा झै–झमेलाको अवस्था आउन सक्छ । अविश्वास उत्पन्न हुनेछ ।