श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ २९ गते शनिबार, १२ फरवरी २०२२ । राक्षसनाम संवत्सर, माघ शुक्लपक्षको एकादशी तिथि १६ः४८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मृगशिरा ६ः५४ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः४३ र सूर्यास्त ५ः५२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेको देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । कामकाज गर्दा सचेत भएर गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कार्यहरू अगाडि बढ्ने देखिन्छ । दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पदोन्नतिको सम्भावना प्रबल छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । मन शान्त रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धर्मकर्म, परोपकार र समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ । हराएको सामान प्राप्त होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कला र गलाको प्रभाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ । दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान–सम्मान पाइने समय देखिएको छ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन प्राप्त हुन सक्छ । व्यापार–व्यवसायबाट सन्तोषजनक लाभ प्राप्त हुनसक्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन र स्वास्थ्य लाभको साथै सुख प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यात्रा कष्टकर रहला । मन अशान्त रहनेछ र पढाइमा पनि मन जान नसक्ने देखिन्छ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तपाईंको मन अशान्त तथा निराश रहन सक्छ । पारिवारिक कारणले मनमा चिन्ता बढ्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुख र धनको प्राप्ति हुनेछ । नयाँ वस्त्र प्राप्त हुनसक्ला । आफन्तबाट सहयोग मिल्नेछ ।