श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन १ गते आइतबार, १३ फरवरी २०२२ । राक्षसनाम संवत्सर, माघ शुक्लपक्षको द्वादशी तिथि १९ः०४ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र आद्र्रा ९ः४५ बजेसम्म, उप्रान्त  पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । अध्ययनमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्तसँग भेटघाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । स्वादिष्ट भोजन पाइएला । दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बन्न लागेको काम बिग्रन सक्छ । सामान हराउने वा चोरी हुने भय रहेको देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईंको समय उत्तम सिद्ध हुनेछ । छोटो दूरीको सुखद् यात्रा हुनसक्छ । दिन राम्रो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गोचरमा चन्द्रमा तपाईंको चन्द्रलग्नमाथि आएको छ । उक्त अवधिभर तपाईंको दिन अनुकूल रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुख र आनन्द प्राप्त हुनेछ । वस्त्र, आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईंको लागि समय अनुकूल नरहला । अनावश्यक यात्रा तथा खर्च हुन सक्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कष्टपूर्ण यात्रा तथा खर्च बढी हुन सक्छ । स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार र व्यवसायबाट लाभ प्राप्त होला । धनलाभ र उत्तम भोजन प्राप्त हुनसक्नेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यसिद्ध होला । मान–सम्मानमा वृद्धि होला । स्वास्थ्यले पनि साथ दिने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मानसिक चिन्ता र असन्तुष्टि बढ्ला । व्यवसायबाट आफूले सोचेजस्तो फाइदा नहोला ।