श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन २ गते सोमबार, १४ फरवरी २०२२ । राक्षसनाम संवत्सर, माघ शुक्लपक्षको त्रयोदशी तिथि २०ः५१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पुनर्वशु १२ः११ बजेसम्म, उप्रान्त  पुष्य, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
धार्मिकस्थल तथा मन्दिर आदिको दर्शन तथा भ्रमण गर्ने अवसर पनि मिल्न सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आयस्रोत तथा जीविकोपार्जनको क्षेत्र पनि राम्रै रहनेछ । कामको सिलसिलामा केही समस्या हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पुनर्मिलनको योग रहेको छ । धर्म–कर्म तथा समाज सेवामा मन जाने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मानसिक चिन्ता बढ्न सक्छ । प्रेमसम्बन्ध राम्रो रहेको छ । आजको दिन सामान्य छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ वस्त्र तथा अलङ्कारको प्राप्ति हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिने देखिन्छ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिक्षामा सफलता मिल्नेछ । सजावटसम्बन्धी व्यवसायको लगानीबाट मनग्य लाभ मिल्ने समय रहेको छ  ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दैनिक कारोबारबाट सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । दिन राम्रो छ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नसोचेको ठाउँबाट धनागमन हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । मन शान्त रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक यात्राको योग रहेको छ । दिन सामान्य छ ।