श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन ३ गते मङ्गलबार, १५ फरवरी २०२२ । राक्षसनाम संवत्सर, माघ शुक्लपक्षको चतुर्दशी तिथि २२ः०५ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र पुष्य १४ः०७ बजेसम्म, उप्रान्त  अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
जागिरको क्षेत्रमा आजको दिन अनुकूल रहनेछ । व्यवसायको क्षेत्रबाट पनि सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राज्यबाट दण्ड तथा जरिबाना हुने योग छ । अतः काम गर्दा सजग भएर गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । सवारी साधन खरिद गर्ने योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिनको कारोबारबाट राम्रै आम्दानी होला । लामो दूरीको यात्रा हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परोपकारी कार्यमा संलग्न भइनेछ । साथीभाइहरूसँग रमाइलो भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम सफल हुने देखिन्छ । मन शान्त रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटे ताकेको कार्य पूरा होला ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विवेकको प्रयोग गर्नसके आजको दिनलाई सकारात्मक बनाउन सकिने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ । धार्मिक यात्राको योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कपडा तथा आभूषणको व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुनेछ । अध्ययन–अध्यापनमा रुचि बढ्ला ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । लगनशीलताले कामकाज अगाडि बढ्नेछ  ।