श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन ९ गते सोमबार, २१ फरवरी २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन कृष्णपक्षको पञ्चमी तिथि २०ः१३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र चित्रा १६ः२९ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः३५ र सूर्यास्त ५ः५८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । स्वादिष्ट भोजन प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा लगानी गरे पछिका लागि फाइदा हुनेछ । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषणजन्य व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । शरीर अस्वस्थ रहनाले शारीरिक पीडा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लामो दूरीको यात्रा होला । रोकिएका कामकाज विस्तारै सम्पादन भएर जानेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रुहरू पराजित हुनेछन् । आफन्त तथा इष्टमित्रहरूको भरपूर सहयोग मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको थालनी गर्ने अवसर मिल्नेछ । यात्रा गर्दा सचेत रहनु होला । दिन सामान्य रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन् । सचेत रहनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी क्षेत्रबाट मनग्य सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा रुचि बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका कामकाज विस्तारै सम्पादन हुँदै जानेछन् । नसोचेको स्थानबाट धनागमन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायबाट सामान्य लाभ हुनेछ । थालेको काम सम्पन्न नहोला । छोटो दूरीको यात्रा हुनेछ ।