श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन १० गते मङ्गलबार, २२ फरवरी २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन कृष्णपक्षको षष्ठी तिथि १८ः५२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र स्वाती १५ः५० बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः३५ र सूर्यास्त ५ः५९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ । भौतिक साधन प्राप्तिको योग छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ अवसरले काममा उत्साह जगाउनेछ । व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रियजनको भेटघाटले दिन रमाइलोमा बित्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्रा हुनसक्छ । अतिथिको रूपमा सत्कार पाइनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लाििग व्यायाम तथा आहारविहारमा ध्यान दिनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गरेमा अवसर प्राप्त हुनेछ । परोपकारी काममा सहभागी भइएला । मिहिनेत गरे राम्रै फाइदा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभचिन्तकहरूको साथ सहयोगले कामकाज सफल होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम देखाएर फाइदा उठाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा नाम र दाम प्राप्त हुनसक्छ । अरूको काममा जुट्नुपरे पनि फाइदा हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयमा होस नपुग्नाले आफन्तबाटै टाढिनु पर्ने स्थिति आउन सक्छ । सचेत भएर कामकाज गर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि पु¥याएमा लक्ष्य पहिल्याउन सकिनेछ ।