श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन १३ गते शुक्रबार, २५ फरवरी २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन कृष्णपक्षको नवमी तिथि ३ः१९ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र ज्येष्ठा १२ः२६ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः३२ र सूर्यास्त ६ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कार्य सम्पादनमा सहजता नमिल्ने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लुकेकोे प्रतिभा र व्यावसायिक योग्यताको सहज विकास हुनेछ । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गरिएका कामकाजमा सुनिश्चित सफलता प्राप्तिको योग छ । अकस्मात धनलाभ होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभदायक यात्राको सम्भावना हुन सक्नेछ । नसोचेको धन हातपर्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएको कामले तीव्रता लिन सक्नेछ । आजको दिन मनोरञ्जनपूर्ण बित्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गरेको कामबाट सफलता मिल्र्ने सम्भावना छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम देखाएर अरूको मन जित्न सकिनेछ । सामाजिक कार्यप्रति रुचि बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वस्त्र तथा आभूषणजन्य व्यवसाय गर्नेहरूका लागि समय राम्रो छ । लामो दूरीको यात्रा होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ ज्ञान सिक्ने मौका छ । अध्ययन र अध्यापनमा रुचि बढ्नेछ । दिन राम्रो छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको थालनी हुनेछ । फलदायी यात्राको योग रहेको छ । मन शान्त रहनेछ ।