श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन १६ गते सोमबार, २८ फरवरी २०२२ । राक्षस संवत्सर फाल्गुन कृष्णपक्षको त्रयोदशी तिथि ३ः३१ बजेसम्म, उप्रान्त चतुर्दशी नक्षत्र उत्तरषाढा ७ः१६ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः२९ र सूर्यास्त ६ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँटेको र ताकेका कार्य पूरा हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । समाज सेवामा मन लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउने छन् भने दीगो फाइदा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । मध्यान्हनपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नु पर्ने काम हात लागि हुने समय रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । वैदेशिक क्षेत्रबाट प्रसस्त लाभ मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गर्दा आयश्रोत फेला पर्नेछन् । नयाँ तथा नियमित काम सम्पादन गर्न सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार–व्यवसायबाट मनग्ये आम्दानी होला । शेयर बजारबाट पनि प्रशस्त लाभ मिल्नेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इष्र्या गर्नेहरूले फसाउन सक्छन् । सोखले फजुल खर्च पनि बढाउनेछ । मन अलि स्थिर रहने छैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ । आवश्यकता पूरा गर्न सरसापट या ऋण लिनुपर्ने हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । बेलैमा हो स नपुग्नाले केही चुनौती झेल्नुपर्ला ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय दिन नसक्दा कामहरू बिग्रन सक्छन् । तर मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । परिवारको साथ र सहयोग पाइने देखिन्छ ।