श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन १७ गते मङ्गलबार, १ मार्च २०२२ । राक्षस संवत्सर फाल्गुन कृष्णपक्षको चतुर्दशी तिथि १ः१४ बजेसम्म, उप्रान्त औंसी नक्षत्र धनिष्ठा ३ः५९ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः२८ र सूर्यास्त ६ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ । तर अतिथिको आगमनले केही समय काम रोकिन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अस्वस्थ्यताले कमजोर भएको अनुभुति हुनेछ । परिस्थितिवश अध्ययनमा त्यति समय दिन नसकिएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज कै उपलब्धि भने कमजोर देखिने छ । वेसुरमा दिइएको बचनले समस्या निम्त्याउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभचिन्तकहरूलाई वेवास्ता गर्दा दुःख पाइएला । मध्याहनदेखि रोकिएका काम बन्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ । व्यवसायमा मनग्य धनलाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोेगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला । दिन अत्यन्त रमाइलो हुने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम सम्बन्धमा सफलता मिल्नेछ । समाज सेवामा मन लाग्नेछ । दिन राम्रो छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको कारोबारबाट प्रसस्त लाभ मिल्नेछ । खानपानमा विचार पु¥याउनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । एक्लोपन भएको महसुस हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पेटसम्बन्धी समस्याले सताउन सक्छ । बन्न लागेका कामहरू अधुरै रहने छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामको थालनी हुनेछ । वैदेशिक यात्राको योग रहेको छ । मन प्रसन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयमा होस् नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ । आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ ।