श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन १८ गते बुधबार, २ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन कृष्णपक्षको औंसी तिथि २३ः१८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र शतभिषा २ः४९ बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः२७ र सूर्यास्त ६ः०४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायमा लगानी गर्दा पछिका लागि फाइदा हुनेछ । पारिवारिक मेलमिलाप हुने समय छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्रोत, साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूका लागि बुद्धि खर्चनुपर्ला । समय सामान्य छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भूमि तथा पशुपालनबाट लाभ उठाउन सकिनेछ । व्यापारमा दिगो फाइदा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । बन्धुबान्धवबीच आत्मीयतामा कमी हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनु होला । दिन सामान्य रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समस्या दर्शाउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरानो रोग बल्झिनाले निकै समस्या निम्त्याउनेछ । लामो दूरीको यात्रा हुन सक्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ । रोकिएका कामकाज विस्तारै सम्पादन हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन खरिद–बिक्री हुने योग रहेको छ । व्यवसायमा लगानी गरे फाइदा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगानीबाट छोटो समयमै प्रशस्त लाभ मिल्नेछ । कुनै कुराले मन प्रसन्न रहला ।