श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन २२ गते आइतबार, ६ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको चतुर्थी तिथि २१ः३२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अश्विनी ४ः०९ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः२३ र सूर्यास्त ६ः०६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नसोचेको ठाउँबाट धनागमन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा ठूलो उत्साह र उमङ्ग छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन भावुक र उत्ताउलो बन्न सक्छ । अनावश्यक ठाउँमा धन खर्च हुने समय देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरकारी निकायको भय रहला । जिद्दीपनाले गर्दा काम बिग्रने डर रहने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभ–हानि, आय–व्यय र सुख–दुःख बराबरी रहने खालको समय छ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नेछ । दिन राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम पुनः सुचारु हुन सक्छन् । जोस, जाँगर र उमङ्ग बढ्ने समय रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका मार्ग बढ्नेछन् । आयका नयाँ–नयाँ स्रोतहरू प्राप्त हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा सफलता मिल्नेछ । जोस, जाँगर र हिम्मत बढ्ने समय देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घुमघाम र भ्रमणमा समय बित्नेछ । छोटो दूरीको फलदायी यात्रा हुने योग रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
निर्णय कार्यान्वयन हुन सक्दैन । आत्मबलमा कमी आउनेछ । समय सामान्य रहेको छ ।