श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन २४ गते मङ्गलबार, ८ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको षष्ठी तिथि ००ः५३ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र कृतिका ८ः५० बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः२१ र सूर्यास्त ६ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आत्मबल बढाएर काम गरेमा सफलता पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । दिन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
होटल व्यवसायको व्यापारबाट प्रशस्त लाभ मिल्नेछ । शेयरबजारबाट दिगो फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेमसम्बन्ध सफल रहला ।  स्वास्थ्यमा समस्या आउन सक्ने रहेको देखिन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सवारी साधन खरिद गर्ने योग रहेको छ । वैदेशिक क्षेत्रबाट प्रशस्त लाभ रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट मनग्य लाभ होला ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका कार्यहरू विस्तारै सम्पादन हुँदै जानेछन् । लामो दूरीको फलदायी यात्रा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । हड्डी सम्बन्धी समस्याले सताउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा लगानी गर्दा पछिका लागि राम्रो हुनेछ । व्यापारमा लगानी बढाउनु पर्ने योग छ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । आँखासम्बन्धी समस्याले सताउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । सोचेजस्तै आम्दानी हुने समय रहेको छ ।