श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत २० गते आइतबार, ३ अप्रिल २०२२ । राक्षसनाम संवत्सर, चैत्र शुक्लपक्षको द्वितीया तिथि १२ः५७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र अश्विनी १२ः५३ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः५२ र सूर्यास्त ६ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दूध तथा कृषि व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । पारिवारिक मेलमिलाप रहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । लामो दूरीको यात्रा रहने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिनको कारोबारबाट हानि नोक्सानी हुनेछ ।  धनको सदुपयोग नगर्दा पछुतो होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ हुने योग छ ।  व्यापारबाट उन्नति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैदेशिक यात्राको योग रहेको छ । सोचेअनुरूप लाभ मिल्नेछ । दिन राम्रो रहेको छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ ।  विद्यामा सफलता पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ ।  नयाँ काममा हात हाल्न केही समय पर्खनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । अहिलेको श्रमबाट पछिलाई फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गर्दा अम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विवादास्पद काममा हात हाल्नु परे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आवश्यकता पूरा गर्न अरूको सहयोग लिनु पर्ला । दिगो काम थालनी गर्न सकिने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउन सकिनेछ ।