विजयपुर (ब्लाष्ट) धरान उपमहानगरको कार्यपालिका सदस्यको निर्वाचनमा ८ जनै एमालेका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
मङ्गलबार सम्पन्न निर्वाचनमा महिलातर्फ ५ जना र ३ जना दलित तथा अल्पसंख्यकका एमालेबाट निवार्चित भएका हुन् । ८ जना एमालेबाट निर्वाचित भएसँगै कार्यपालिकामा बहुमत भएको छ ।
३० जना कार्यपालिकापामा एमालेका १८ जना भएका छन् । कार्यपालिका सदस्यमा एमालेबाट महिलातर्फबाट उम्मेदवा्र बनेका देवीमाया विश्वकर्मा, सावित्रा परियार दर्जी, रविन गुरुङ, विनिता बज्रचार्य र सृजना नेपाल निर्वाचित भएका छन् ।
देवीमाया विश्वकर्माले ५६ मत, सावित्रा परियार दर्जीले ५८ मत, रविन गुरुङले ५५ मत, विनिता बज्राचार्यले ५६ मत प्राप्त गरेका छन् । दलित तथा अल्पसंख्यक कोटाबाट विकास भाटीले ५३ मत, अनुप देवान ५१ मत र दिनेश विश्वकर्माले ५२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

गठबन्धन दलको महिलाहरुतर्फ काङ्ग्रेसबाट रहिसा कसजु ४५ मत, रिता सुन्दास ४५ मत, सुशिला कुमारी श्रेष्ठले ४५, शोभा विश्वकर्माले ४५ मत, प्राप्त गरेका छन् । माओवादी केन्द्रकोतर्फबाट शेषकुमारी घिमिरेले ४७ मत प्राप्त गरेकी छन् । दलित तथा अल्पसङ्ख्यक कोटामा काङ्ग्रेसका उम्मेदवार प्रेमकुमार राईले ५० मत, सन्तोष विश्वकर्माले ४६ मत र माओवादी केन्द्रका सर्वजित राईले ४८ मत प्राप्त गरेका छन् । कार्यपालिकामा सदस्यमा ८ जना निर्वाचित भएसँगै ६४ सदस्य भएका छन् ।