श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ ३ गते शुक्रबार, १९ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको अष्टमी तिथि २३ः२० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र कृतिका भोलि ०२ः११ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि मेष, सूर्याेदय ०५ः३६ बजे र सूर्यास्त ०६ः३८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला । काम बिग्रने भयले सताउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला । स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका समस्या दोहोरिन सक्छन् । सानातिना घरेलु कामले अल्झाउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आलोचकहरू बढ्नेछन् भने विवादले समस्या निम्त्याउन सक्छ । लेनदेनमा विवाद हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार, साझेदारी र सट्टापट्टाबाट लाभ मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । तर, केही काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आंशिक लाभ भए पनि चिताएको जति प्राप्त नहुन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिले खर्च बढाउने हुँदा रकम जुटाउन कर्जा लिनुपर्ने हुन सक्छ । दिन सामान्य छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ । सरकारी कामकाजमा अलमल हुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको सफलताले हौसला जगाउनेछ । बिछोडिएका आफन्तजन भेटिनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । वैदेशिक यात्राको योग रहेको छ ।