श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ ५ गते आइतबार, २१ अगष्ट २०२२, नलनाम संवत्सर । भाद्र कृष्णपक्षको दशमी तिथि भोलि ०३ः५६,बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मृगशिरा भोलि ०७ः५८ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः३७ बजे र सूर्यास्त ०६ः३६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। नाम, दाम र इनाम कमाउने बेला छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । सामाजिक कार्यमा मन लाग्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ । अरूलाई दिएको वचन पु¥याउन नसक्दा आलोचित बन्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले काम सम्पन्न गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । वैदेशिक यात्राको योग रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । दिन सामान्य रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम दोहो¥याउनु पर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्नेछन् ।