श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ २६ गते आइतबार, ११ सेप्टेम्बर २०२२, नलनाम संवत्सर। भादै कृष्णपक्षको प्रतिपदा तिथि १३ः३१ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वभाद्र ०८ः१५ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः४७ बजे र सूर्यास्त ०६ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायको सन्दर्भमा यात्रा हुनसक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । व्यवसायले आम्दानी दिलाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष उपहार प्राप्त हुने समय छ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गरे लक्ष्यमा पुग्न सकिनेछ । छोटो दूरीको यात्रा होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले प्रतिस्पर्धामा जिताउन सक्छ । शत्रुसमेत परास्त हुनेछन् । दिन सामान्य छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै उपलब्धि प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साझेदारी कामबाट फाइदा उठाउन सकिनेछ । समाजसेवामा मन जानेछ ।