श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ २७ गते सोमबार, १२ सेप्टेम्बर २०२२, नलनाम संवत्सर। भाद्र कृष्णपक्षको द्वितीया तिथि ११ः५३ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तरभाद्र ०७ः१४ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्याेदय ०५ः४७ बजे र सूर्यास्त ०६ः१२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको चाप बढ्नेछ । शरीरमा कमजोरी अनुभूति हुनेछ । केही अप्ठ्यारा चुनौतीहरूको सामना गर्नु पर्ला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समस्या दर्साउँदा सहयोग गर्नेहरू भने भेटिनेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ।मिहिनेत गरे भाग्योन्नतिको समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । नयाँ अवसरका लागि निकै मिहिनेत गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। शत्रुहरू पनि स्वतः टाढिनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। अरूको भनाइमा लाग्दा अरूले फाइदा उठाउन सक्छन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मिहिनेत गर्नुपर्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। लगनशीलताले आँटेको काम बन्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारबाट सामान्य फाइदा हुनेछ । जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्नेछ। बनिसकेको काम बिग्रनाले दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ।